FAQs Complain Problems

समाचार

Pages

सूचना तथा समाचार

यस गोकुलगंगा गाउँपालिकाको सूचना तथा जानकारीहरु जनस्तरमा छिटो र छरितो ढंगले सम्प्रेषण गर्न, सेवा तथा सुबिधा सम्बन्धी जानकारी प्रदान गर्न साथै गुनासोहरु तथा समस्याहरुको उचित ब्यबस्थापन गर्न यो एप्स सूचना तथा सञ्चार प्रविधि मन्त्रालय,सूचना प्रविधि विभाग(DOIT) तथा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम(LGCDP)को सहकार्यमा संचालनमा ल्याईएको छ | तसर्थ सबै महानुभावहरुले गाउँपालिकाको जानकारी मोबाईलबाट सजिलै प्राप्त गर्न मोबाईलको Play Store मा गएर Gokulganga Rural Municipality खोजेर वा तलको लिङ्कमा गएर एप्स डाउनलोड गर्न सक्नुहुनेछ |
https://play.google.com/store/apps/details?id=infodev.doit_gokulganga
थप जानकारीको लागि सूचना प्रबिधि शाखा (गोकुलगंगा गाउँपालिका) ९८६३०२३०१८ मा सम्पर्क गर्न सक्नुहुने छ |

, , , , , ,

मजदुर दिवसको अवसरमा गोकुलगंगा गंगा गाउँपालिकाले नव निर्मित भवन उदघाटन कार्यक्रम सम्पन्न गरेको छ | नवनिर्मित कार्यालय भवनको तीन नम्बर प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले उदघाटन गरे ।

भवन उदघाटन कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल, गाउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

भवन उदघाटन कार्यक्रमकै क्रममा भवन निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्ने जग्गा दाताहरुलाई तीन नम्बर प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले दोसल्ला उडाई सम्मान गर्नु भयो |

, , , ,

गाउँपालिका स्तरीय लैंगिक हिंसा निवारणमा न्यायिक समितिको क्षमता विकास बिषयक ३ दिने(१४-१६) प्रशिक्षण कार्यक्रम सम्मपन्न गरियो| गोकुलगंगा गाउँपालिका द्वरा आयोजित यस प्रशिक्षण कार्यक्रममा यस गोकुलगंगा गाउँपालिकाका अध्यक्ष श्री खड्ग बहादुर सुनुवार, न्यायिक समिति प्रमुख श्री राधिका श्रेष्ठ नेवार , न्यायिक समिति सदस्य ज्युहरु साथै सबै वडा कार्यालय अन्तर्गतका मेलमिलाप समितिका संयोजक र सदस्य ज्युहरुको उपस्थितिमा अधिबक्ता मदन खड्का ज्युबाट गाउँपालिका स्तरमै मेलमिलापका लागि थप प्रशिक्षण दिनु हुदै कार्यक्रम सम्मपन्न भयो |

Pages

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921
//