गाउँपालिका स्तरीय लैंगिक हिंसा निवारणमा न्यायिक समितिको क्षमता विकास बिषयक ३ दिने(१४-१६) प्रशिक्षण कार्यक्रम सम्मपन्न गरियो| गोकुलगंगा गाउँपालिका द्वरा आयोजित यस प्रशिक्षण कार्यक्रममा यस गोकुलगंगा गाउँपालिकाका अध्यक्ष श्री खड्ग बहादुर सुनुवार, न्यायिक समिति प्रमुख श्री राधिका श्रेष्ठ नेवार , न्यायिक समिति सदस्य ज्युहरु साथै सबै वडा कार्यालय अन्तर्गतका मेलमिलाप समितिका संयोजक र सदस्य ज्युहरुको उपस्थितिमा अधिबक्ता मदन खड्का ज्युबाट गाउँपालिका स्तरमै मेलमिलापका लागि थप प्रशिक्षण दिनु हुदै कार्यक्रम सम्मपन्न भयो |
समाचार
सूचना तथा समाचार
यस गोकुलगंगा गाउँपालिकाको वडा नं. ३ स्थित भीमसेनथान भन्ने ठाउँमा बन्न लागेको गाउँपालिका स्तरीय ५ सैया को अस्पताल सिलान्यास कार्य सम्पन्न भएको छ | गोकुलगंगा गाउँपालिका र dOTERRA Healing Hands Foundation को संयुक्त लगानीमा बन्न लागेको अस्पताल ३ नं. प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रि श्री कैलाश प्रसाद ढुंगेल, dOTERRA Healing Hands Foundation का संस्थापक Robert young, रामेछाप प्रदेश सांसद शान्ति प्रसाद पौडेल, गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवार को उपस्थितिमा सिलान्यास कार्यक्रम सम्पन्न भएको छ | यस गोकुलगंगा गाउँपालिकाको बहुबर्षीय योजना अन्तर्गतको अस्पताल २ बर्ष भित्र सम्पन्न गरी सेवा सुचारु गर्ने गरी कार्य प्रारम्भ समेत गरिएको छ |




