समाचार
सूचना तथा समाचार
प्रधानमन्त्रि रोजगार कार्यक्रम आ.व. ०७६/७६ अन्तर्गतको कार्यक्रममा गोकुलगंगा गाउँपालिकाले सबै वडाका मुख्य र सहायक सडकलाई प्रमुख प्राथमिकता दिदै सडक मर्मत तथा स्तरउन्नति गर्दै सम्पन्न गरेको छ |
जानकारीका लागि !
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तिन दिनको मौसमनुसार भारी बर्षा हुन सक्ने उल्लेख छ | हाल देशभर लगातार मनसुनी बर्षा भै रहेको अवस्था छ | तपाईहरु जुनठाउँमा रहनु भएको छ सुरक्षित रहनु होला र यात्रा गर्नु हुने यात्रुहरुले आफु यात्रा गर्ने ठाउँको सूचना लिएर मात्र यात्रा गर्नुहोला धन्यबाद |
गोकुलगंगा गाउँपालिकाको आयोजनामा संचालित जनप्रतिनिधि, वित्तीय संघ संस्था, पशुकर्मी, पशुपंछी र मत्स्यपालन ब्यबसाय बीच विमा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो | उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष श्री खड्ग बहादुर सुनुवारले पालिकामा दुध,माछा, मासु र अण्डामा आत्मनिर्भर बनाउन पालिकाले ५ बर्षे लक्ष्य, उदेश्य तथा रणनीति तयार गरि बजेटको ब्यबस्था समेत गरेको र “ब्यबसायिक खेति गोकुलगंगाको सम्बृदी” भन्ने नारा लिई कृषि पशु र पर्यटनमा प्राथमिकता राखिएको बताउदै, गाउँपलिकलाई “सभ्य, सक्षम, र सम्बृदी बनाउने सबैले सकारात्मक सोचका साथ लग्न आग्रह गर्दै ब्यबसाय संचालन गर्न पालिकाको तर्फबाट सहज वातावरण सृजना गर्ने गरि विमा गर्न सबैलाई प्रोत्साहन गर्नुका साथै सरकारले दिएको सहुलिएतमा गाउँपालिकाले पनि थप बजेट व्यवस्था गरिएको अवगत गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो |
गोकुलगंगा गाउँपालिका अन्तर्गत रहेका माध्यमिक बिद्यालयबाट २०७५ सालमा दिइएको SEE परिक्षामा उच्चतम GPA ल्याउनुहुने उत्कृस्ट ५ बिद्यार्थीहरुलाई छात्रवृत्ति स्वरूप जनही रु.१, ०००००/- (अक्षेरुपी एक लाख रुपैयाँ) का दरले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्ष् ज्युहरुबाट छात्रवृत्ति बितरण गर्नु भएको छ | गोकुलगंगा गाउँपालिकाद्वरा आयोजित छात्रबृत्ति वितरण कार्यक्रममा गाउँपालिकाद्वरा संचालित गाउँपालिका स्तरीय क्रमश कक्षा ५ र कक्षा ८ को परिक्षामा उत्कृस्ट हुने ६ जना बिद्यार्थीहरुलाई जनही रु.५०, ०००/- (अक्षेरुपी पचास हजार रुपैयाँ)का दरले छात्रवृत्ति बितरण गरियो |
SEE तर्फ उत्कृस्ट हुने बिद्यार्थीहरु क्रमश :
१. बिशु खड्का - कमलादेवी मा.बि. नामाडी (GPA-३.७)
२. निति घिमिरे - जनजागृत मा.बि. बेताली (GPA-३.६)
३. सम्दावा शेर्पा- सारदा मा.बि. ठोसे (GPA-३.५)
४. अरुण घिमिरे-जनजागृत मा.बि. बेताली (GPA-३.५)
५. निशा घिमिरे-जनजागृत मा.बि. बेताली (GPA-३.४)
६. सुनिमा खड्का - कमलादेवी मा.बि. नामाडी (GPA-३.४)
कक्षा ८ तर्फ उत्कृस्ट हुने बिद्यार्थीहरु क्रमश :
१. मनिषा खड्का - कमलादेवी मा.बि. नामाडी (प्रथम)
२. आयुषा भण्डारी - जनजागृत मा.वि. बेताली (दितीय)
३. रुपक कार्की - जनजागृत मा.वि. बेताली (तृतीय)
कक्षा ५ तर्फ उत्कृस्ट हुने बिद्यार्थीहरु क्रमश :
१. सुजन खड्का - भारती आधारभूत बिद्यालय फर्पु (प्रथम)
२. सुजना भण्डारी - जनजागृत मा.बि. बेताली (दितीय)
३. सन्दिप उर्कुटि - जनजागृत मा.बि. बेताली (तृतीय)