धार्मिक पर्यटनको संभावना बोकेको गाउँपालिका कार्यालय संगै रहेको भिमसेनको मन्दिरमा गोकुलगंगा गाउँपालिका अध्यक्ष ज्यु, वडा अध्यक्ष ज्युहरु, वडा सदस्य ज्युहरु, स्थानीय बासि तथा अन्य भक्तालुहरुको उपस्थितिमा गाउँपालिका कार्यालयको तर्फ बाट बिधिबद रुपमा पाठपुजा कार्यक्रम सम्पन्न गरियो | पौराणिक कथननुसार दोलखा भिमसेनको उत्पति स्थलको रुपमा रहेको भिमसेनको मन्दिरलाई अझ ब्यबस्थित रुपमा गुरुयोजना बनाई यसको विकास गर्ने लक्ष्य स्वरूप पहिलो पटक गाउँपालिकाले पाठपुजा गरिएको हो | साच्चिकै यस मन्दिरको संरक्षन सम्बर्दन र विकास हुन नसक्दा यस ठाउँ निकै ओझेल परिरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यसको विकास गर्दै धार्मिक पर्यटन प्रवर्दनका निम्ति आगामीदिनमा यसको गुरुयोजना बनाई द्रुतरुपमा विकास गर्ने लक्ष्य राखेको छ |
समाचार
सूचना तथा समाचार
कृषि प्राबिधिक र पशु सेवा प्राबिधिक पदमा सेवा करारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्यबस्थापन इकाई खुमलटारले मिति २०७६/६/१४ गते सूचना प्रकाशन गरेको छ | इक्छुक उमेद्वारहरुले समयमै दरखास्त दिन सक्नु हुने छ साथै पाठ्यक्रम पनि डाउनलोड गर्न सक्नु हुने छ |
३ नं. प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौडाको मिति २०७६/०६/०७ गते प्रथम पटक प्रकाशित पशुपन्छी तथा मत्स्यपालन कार्यक्रममा सहभागी हुन् प्रस्ताब आह्वानको सूचना प्रकाशित भएको मितिले ३० दिन(२०७६ कार्तिक ६ गते) भित्र ३ नं. प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौडा कार्यालय समयमा आवश्यक कागजात सहित प्रस्ताब पेश गर्नु हुन अनुरोध | थप जानकारीका - 057-524319/ 057-524254
गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री षड् कुमार पोखरेल ज्युबाट ज्येष्ठ नागरिक परिचयपत्र वितरणको सुरुवात गर्नु भएको छ | वडा नं. ३ रस्नालु पिडालने निबासी बर्ष ८३ का कर्ण बहादुर कार्कीले पहिलो पटक स्थानीय निकायबाट ज्येष्ठ नागरिक परिचयपत्र प्राप्त गर्नु भएको छ | ज्येष्ठ नागरिक परिचयपत्र वितरण संगै अब यस गोकुलगंगा गाउँपालिका कार्यालयबाट अपाङ्ग परिचयपत्र पनि वितरण हुनेहुँदा सम्पूर्ण गोकुलगंगा निबासीहरुमा जानकारी गराइन्छ |