FAQs Complain Problems

तांमे डाँडामा हिउँ

Read More

पाँचपोखरीबाट देखिने नुम्बुर हिमाल

Read More

संबिधान दिवस २०७६ मनाउने क्रममा |

Read More

गोकुलगंगा अस्पताल

Read More

पाँचपोखरी, रामेछाप

Read More

ढुंगा खानी, बिरौटा

Read More

संक्षिप्त परिचय

गोकुगंगा गाउँपालिका नेपालको प्रदेश नं ३, रामेछाप  जिल्लाको उतर पुर्ब पहाडी भूभागमा अवस्थित प्राकृतिक र सास्कृतिक रुपमा सुन्दर र हराभरा भएको गाउँपालिका हो । गोकुगंगा गाउँपालिकाको कार्यालय सदरमुकाम मन्थलीबाट लगभग ४० किलोमिटर को दुरीमा वार्ड नं.३, रस्नालुमा रहेको छ । साबिकको फर्पु, नामाडी, बेताली, रस्नालु, ठोसे र चुचुरे गरि ६ गाउँ विकास समितिहरुलाई समेटेर ६ वडाहरु कायम गरि यो गाउँपालिका घोषणा गरिएको  हो । यो गाउँपालिकाको अधिकांश भाग पहाडी भूभागले ढाकेको छ र मूल रुपमा मिश्रित जातजातिको बसोबास रहेको यस गाउँ पालिकामा मुख्य गरि हिन्दु, बौद्ध ,किराँत र इसाई  धर्म मान्नेहरुको बाहुल्यता छ । पर्यटकीय

Pages

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
9854043640

सेवाहरु

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- स्वास्थ्य शाखा प्रमुख
सेवा दिने कार्यालयः- गोकुलगंगा गाउँपालिका कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • स्वास्थ्य संस्थाबाट प्रमाणित प्रतिलिपि /बिरामी पुर्जा
  • नागरिकताको प्रतिलिपि 
  • वडा कार्यालयको सिफारिस
सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गोकुलगंगा गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) अंगिकृत नागरीकता प्राप्त गर्न खोजेको स्पष्ट आधार 
२)साविक मुलुकको नागरीकता परित्याग गरेको वा परित्याग गर्न कारवाहि चलाएको पुष्टिगर्ने कागजातहरु 
३) नेपालमा १५ वर्षदेखी कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि 
४) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु 
५) पासपोर्ट साईजको फोटो ३ प्रति 
६) चालु आ. व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद 
७) सर्जमिन मुचुल्का

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- गोकुलगंगा गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात।
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने ।
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको लगत हस्तान्तरण फारम
५) जाने/आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गोकुलगंगा गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) अदालतबाट  सम्बन्ध  विच्छेद  भएको  फैसलाको प्रमाणित प्रतिलिपि
३) पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गोकुलगंगा गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि।
४) २-२ प्रति पासपोर्ट साईजको फोटो

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गोकुलगंगा गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) मृतकका  नागरिकता  र  सूचना  दिन  आउनेका नागरिकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५) मृतकका  नागरिकता  नभएको  हकमा  स्थानीय सर्जमिन   
   पत्र
६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय  
   सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गोकुलगंगा गाउँपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. निबेदन पत्र

२. बाल बालिकाको बाबु/आमाको नागरिकताको प्रतिलिपि

३. अन्य सुचकको हकमा निजको नागरिकताको प्रतिलिपि

४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रतिलिपि

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रमाण पुरा भएको निवेदन उपर अवस्था हेरी मिल्ने भए सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. १००
आवश्यक कागजातहरुः-

१) पिताको नागरीकता प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरीकता प्रमाणपत्रको  प्रतिलिपि 
२)जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि 
३) विवाहित महिलाको हकमा पतिको नागरीकता प्रमाण पत्रको प्रतिलिपि 
४) चारित्रीक प्रमाणपत्रक प्रतिलिपि (बिद्यार्थीको हकमा) 
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा) 
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि 
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति 
८) चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको

सेवा प्रकारः-
सेवा समयः- जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ.व. को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी । 
  • बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २/२ प्रति फोटो, निवेदन
  • दलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी
  • दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी । 
  • अपाङ्ग  परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो  (सबै लाभ ग्राहीहरुको निवेदनसंग २/२ प्रति फोटो अनिवार्य)

जानकारी

//