समाचार
गोकुलगंगा गाउँपालिका रामेछापमा आपत्कालिन कार्यसञ्चालन केन्द्र स्थापना
रामेछापको गोकुलगंगा गाउँपालिकामा विपद् जोखिम व्यवस्थापनको कार्यलाई सुदृढ र व्यवस्थित गर्नको लागि आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना भएको छ । इस्लामिक रिलिफ जर्मनी र ईस्लामिक रिलिफ नेपालको सहयोगमा सामुदायिक विकास समाज द्धारा सञ्चालित समुदाय र विद्यालयमा आधारित विपद् उत्थानशिलता अभिवृद्धि परियोजनाको सहयोग तथा स्थानिय विपद् तथा जलवायू उत्थानशील समिति, गोकुलगंगाको नेतृत्वमा उक्त केन्द्र संचालनमा आएको हो । केन्द्रको उद्घाटन गर्दै गोकुलगंगा गा.पा.का अध्यक्ष खड्ग बहादुर सुनुवारले आपत्कालिन सेवा केन्द्र जिल्ला तहमा भएपनि स्थानीय तह (गाउँपालिका)मा भने हाल सम्म पनि नभएकाले गोकुलगंगा गाउँपालिका नै पहिलो भएको दावी गरे । उनले जनताको जिउँधनको सुरक्षा गर्न सिडिएसले महत्वपूर्ण सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै सेवा केन्द्रको दिगोपनाको लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोष समेत स्थापना गरिसकेकाले सेवा प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे ।
यसैगरी इस्लामिक रिलिफ नेपालका विपद् जोखिम न्यूनिकरण विज्ञ अमर राज पगेनीले राष्ट्रियस्तरमा गृह मन्त्रालयमा र जिल्लास्तरमा ४२ वटा मध्ये रामेछापमा पनि केन्द्र रहेको जानकारी गराउँदै (गाउँपालिका स्तरमा भने गोकुलगंगा गाउँपालिका नै पहिलो भएकोमा बधाई व्यक्त गरे । उनका अनुसार सो केन्द्र अन्तर्गत गाउँपालिका तथा ६ ओटै वडामा खोज तथा उद्दार समग्रीको भण्डारण ।रहने छ भने गाउँपलिकाको वेभसाईटमा गोकुलगंगाको विपद्को ईतिहास, आकष्मिक तथा महत्वपूर्ण टेलिफोन नम्वर, खोज उद्दार÷प्राथमिक उपचार÷पुर्व चेतावनी प्रणालीमा तालिम प्राप्त व्यत्तिहरुको विवरण तथा विद्यालय, वडा र गाउँपालिकाको विपद् जोखिम व्यवस्थापन योजना समावेश गरिनेछ । उक्त समितिलाई परियोजनाका व्यवस्थापक विवेक भट्टराईले क्याराविना, चेस्टहार्नेस, फिगर अफ एट, स्टेचर, ह्याण्ड माइक, बुट, सेफ्टी हेल्मेट लागयतका खोज तथा उद्धारका सामाग्री हस्तान्तरण गर्नुभएको छ । अब गाउँपालिकामा विपद् पदा प्रभावितहरुले सेवा केन्द्र मार्फत खोज तथा उद्धार, प्राथमिक उपचार, पुर्व सूचना प्रणाली लागयतका सेवा प्राप्त गर्नेछन् ।
परियोजनाले उक्त सेवा प्रदान गर्न खोज तथा उद्धार, प्राथमिक उपचार, पुर्व सूचना प्रणाली गरी ३ वटा कार्यदल समेत निर्माण गरेको छ । उक्त कार्यदलमा ४७ जना खोज तथा उद्धार, प्राथमिक उपचार कार्यदलमा ४९ जना र पुर्व सचेतना २५ जना तालिम प्राप्त मानवीय श्रोत रहेको छ । सेवा केन्द्र स्थानीय विपद् तथा जलवायु उत्थानशिल समिति गोकुलगंगाको मातहतमा संचालन हुनेछ । समिले आपत्कालिन सेवा केन्द्रलाई थप व्यवस्थित गर्न आपत्कालिन कार्य संचालन कार्यविधिको ड्राफ्ट समेत बनिसकेको समितिले जनाएको छ ।