यस गाउँपालिकाको आ.व. २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा तहमा गठन भएका योजना उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष समेत संग १ दिने योजना सम्बन्धी अभिमुखीकरण गोष्ठि कार्यक्रमको आयोजना गरेको हुँदा वडा नं. ६, ५ र ४ को लागि मिति २०७६ कार्तिक २१ गते र वडा नं. १, २ र ३ को लागि २०७६ कार्तिक २२ गते विहान १० बजे गाउँपालिकाको सभाहलमा अनिवार्य उपस्थितीको लागि अनुरोध गरिन्छ ।
समाचार
सूचना तथा समाचार
कक्षा १ देखि ५ कक्षा सम्मको स्थानीय पाठ्यक्रम विकास गर्ने उदेश्यका साथ गोकुलगंगा गाउँपालिकाको आयोजना तथा सामुदायिक विकास समाज/ समुदाय तथा बिद्यालयमा आधारित विपद, उत्थान्शीलता अभिबृदी परियोजनाको सहयोगमा २ दिने कार्यशाला गोष्ठी पाठ्यक्रमका क्षेत्रहरुमा कार्यदल गठन गर्दै सम्पन्न भएको छ | कार्तिक १ र २ गते सम्म चलेको कार्यशालामा विभिन्न पाठ्यक्रमका क्षेत्रहरुमा छलफल गरि सबै क्षेत्रहरुको कार्यदल गठन गर्दै सम्पन्न गरिएको छ |पाठ्यक्रमका क्षेत्रहरु :स्थानीय तह तथा परिचय, कृषि, पशुपन्क्षि पालन, विपद तथा जलवायु परवर्तन, स्थानीय पर्यटकीय तथा धार्मिक स्थल, वन तथा वन्यजन्तु, स्थानीय उद्योग तथा ब्यबसाय, स्थानीय प्राकृतिक श्रोत, स्थानीय संस्कृति रहेका छन् |
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारद्धरा मिति २०७६/०५/१७ गते प्रकाशित एम.आई.एस. अपरेटर(राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) पदमा खुल्ला प्रतिस्पर्धाद्धरा करारमा पदपूर्तिका लागि अनलाइन दरखास्त आह्रानको सूचना वमोजिम पेश हुन आएका उम्मेद्वारहरुका शैक्षिक योग्यता, तालिम, कार्यानुभव लगायतका कागजातहरुको आधारमा सेवा इकाईका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारको मिति २०७६/०६/१७ को निर्णयनुसार संक्षिप्त सूचिमा परेका उम्मेदवारहरुका लागि कम्प्युटर सीप परिक्षण हुने भएको हुँदा तल उल्कोलेखित पाठ्यक्रम बमोजिम तयारी गर्नु हुन अनुरोध छ |
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारद्धरा मिति २०७६/०५/१७ गते प्रकाशित एम.आई.एस. अपरेटर(राजपत्र अनङ्कित प्रथम श्रेणी सरह) र फिल्ड साहायक(राजपत्र अनङ्कित द्धितीय श्रेणी सरह) पदमा खुल्ला प्रतिस्पर्धाद्धरा करारमा पदपूर्तिका लागि अनलाइन दरखास्त आह्रानको सूचना वमोजिम पेश हुन आएका उम्मेद्वारहरुका शैक्षिक योग्यता, तालिम, कार्यानुभव लगायतका कागजातहरुको आधारमा सेवा इकाईका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारको मिति २०७६/०६/१७ को निर्णयनुसार संक्षिप्त सूचिमा परेका उम्मेदवारहरुको नामावली यसप्रकार छ |
धार्मिक पर्यटनको संभावना बोकेको गाउँपालिका कार्यालय संगै रहेको भिमसेनको मन्दिरमा गोकुलगंगा गाउँपालिका अध्यक्ष ज्यु, वडा अध्यक्ष ज्युहरु, वडा सदस्य ज्युहरु, स्थानीय बासि तथा अन्य भक्तालुहरुको उपस्थितिमा गाउँपालिका कार्यालयको तर्फ बाट बिधिबद रुपमा पाठपुजा कार्यक्रम सम्पन्न गरियो | पौराणिक कथननुसार दोलखा भिमसेनको उत्पति स्थलको रुपमा रहेको भिमसेनको मन्दिरलाई अझ ब्यबस्थित रुपमा गुरुयोजना बनाई यसको विकास गर्ने लक्ष्य स्वरूप पहिलो पटक गाउँपालिकाले पाठपुजा गरिएको हो | साच्चिकै यस मन्दिरको संरक्षन सम्बर्दन र विकास हुन नसक्दा यस ठाउँ निकै ओझेल परिरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले यसको विकास गर्दै धार्मिक पर्यटन प्रवर्दनका निम्ति आगामीदिनमा यसको गुरुयोजना बनाई द्रुतरुपमा विकास गर्ने लक्ष्य राखेको छ |
कृषि प्राबिधिक र पशु सेवा प्राबिधिक पदमा सेवा करारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्यबस्थापन इकाई खुमलटारले मिति २०७६/६/१४ गते सूचना प्रकाशन गरेको छ | इक्छुक उमेद्वारहरुले समयमै दरखास्त दिन सक्नु हुने छ साथै पाठ्यक्रम पनि डाउनलोड गर्न सक्नु हुने छ |
३ नं. प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौडाको मिति २०७६/०६/०७ गते प्रथम पटक प्रकाशित पशुपन्छी तथा मत्स्यपालन कार्यक्रममा सहभागी हुन् प्रस्ताब आह्वानको सूचना प्रकाशित भएको मितिले ३० दिन(२०७६ कार्तिक ६ गते) भित्र ३ नं. प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौडा कार्यालय समयमा आवश्यक कागजात सहित प्रस्ताब पेश गर्नु हुन अनुरोध | थप जानकारीका - 057-524319/ 057-524254