FAQs Complain Problems

समाचार

Pages

सूचना तथा समाचार

, , , , ,

गोकुलगंगा गाउँपालिकाको आयोजनामा संचालित जनप्रतिनिधि, वित्तीय संघ संस्था, पशुकर्मी, पशुपंछी र मत्स्यपालन ब्यबसाय बीच विमा सम्बन्धि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भयो | उक्त कार्यक्रममा  गाउँपालिका अध्यक्ष श्री खड्ग बहादुर सुनुवारले पालिकामा दुध,माछा, मासु र अण्डामा आत्मनिर्भर बनाउन पालिकाले  ५ बर्षे लक्ष्य, उदेश्य तथा रणनीति तयार गरि बजेटको ब्यबस्था समेत गरेको र “ब्यबसायिक खेति गोकुलगंगाको सम्बृदी” भन्ने नारा लिई कृषि पशु र पर्यटनमा प्राथमिकता राखिएको बताउदै, गाउँपलिकलाई “सभ्य, सक्षम, र सम्बृदी बनाउने सबैले सकारात्मक सोचका साथ लग्न आग्रह गर्दै ब्यबसाय संचालन गर्न पालिकाको तर्फबाट सहज वातावरण सृजना गर्ने गरि विमा गर्न सबैलाई प्रोत्साहन गर्नुका साथै सरकारले दिएको सहुलिएतमा गाउँपालिकाले पनि थप बजेट व्यवस्था गरिएको अवगत गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो |

, ,

गोकुलगंगा गाउँपालिका अन्तर्गत रहेका माध्यमिक बिद्यालयबाट २०७५ सालमा दिइएको SEE परिक्षामा उच्चतम GPA ल्याउनुहुने उत्कृस्ट ५ बिद्यार्थीहरुलाई छात्रवृत्ति स्वरूप जनही  रु.१, ०००००/- (अक्षेरुपी एक लाख रुपैयाँ) का दरले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्ष् ज्युहरुबाट छात्रवृत्ति बितरण गर्नु भएको छ | गोकुलगंगा गाउँपालिकाद्वरा आयोजित छात्रबृत्ति वितरण कार्यक्रममा गाउँपालिकाद्वरा संचालित गाउँपालिका स्तरीय  क्रमश कक्षा ५ र  कक्षा ८ को परिक्षामा उत्कृस्ट  हुने ६ जना बिद्यार्थीहरुलाई  जनही रु.५०, ०००/- (अक्षेरुपी पचास हजार रुपैयाँ)का दरले छात्रवृत्ति बितरण गरियो |

SEE तर्फ उत्कृस्ट हुने बिद्यार्थीहरु क्रमश : 

१. बिशु खड्का - कमलादेवी मा.बि. नामाडी (GPA-३.७)

२. निति घिमिरे - जनजागृत मा.बि. बेताली (GPA-३.६)

३. सम्दावा शेर्पा- सारदा मा.बि. ठोसे (GPA-३.५)

४. अरुण घिमिरे-जनजागृत मा.बि. बेताली (GPA-३.५)

५. निशा घिमिरे-जनजागृत मा.बि. बेताली (GPA-३.४)

६. सुनिमा खड्का - कमलादेवी मा.बि. नामाडी (GPA-३.४)

कक्षा ८ तर्फ उत्कृस्ट हुने बिद्यार्थीहरु क्रमश : 

१. मनिषा खड्का - कमलादेवी मा.बि. नामाडी (प्रथम)

२. आयुषा भण्डारी - जनजागृत मा.वि. बेताली (दितीय)

३. रुपक कार्की - जनजागृत मा.वि. बेताली (तृतीय)

कक्षा ५ तर्फ उत्कृस्ट हुने बिद्यार्थीहरु क्रमश : 

१. सुजन खड्का - भारती आधारभूत बिद्यालय फर्पु (प्रथम)

२. सुजना भण्डारी - जनजागृत मा.बि. बेताली (दितीय)

३. सन्दिप उर्कुटि - जनजागृत मा.बि. बेताली (तृतीय)

  • सशर्त र चालु भन्दा विकास खर्च ठुलो |
  • ६ वटा वडा भवन (एउटै नक्सामा) |
  • साहरा नभएका बृद्हरुलाई लत्ताकपडा, खाधन्न वितरण गर्ने |
  • कृषि पकेटक्षेत्रलाई २ करोड ३६ लाख |
  • सबै वडा भित्रका ५/५ जना बिपन्न छनौट गरी ब्यबसाय गर्न अनुदान सहयोग दिने |
  • कृषि तथा पशुपन्छी विकास बोर्ड गठन तथा संचालन |
  • साना उधोग ( डल्ले साबुन, ससेज, वाइन, जुस, लोकल कुखुरा, कालिज, अगरबत्ती, बंगुरको पाठा वितरण )
  • नर्स, वन(फोरेस्टी), होटल म्यानेजमेन्ट, अमिन, IT(सूचना प्रबिधि), कृषि, पशु सम्बन्धि अध्यन गर्न चाहने बिधार्थीहरु छनौट गरी छत्रवृत्तिको व्यवस्था गर्ने |
  • जट्टा महादेव मुर्ति निर्माण गर्ने |
  • स्वास्थ्य संस्थामा नियमित जांच गर्ने गर्भवती तथा सुत्केरी महिलाहरुलाई नेपाल सरकारले दिने सामाजिक सुरक्षा बापत दिने सहयोगमा गाउँपालिकाले थप सहयोग गर्ने |
  • बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालय पठाउन अभियान संचालन तथा सहयोग गर्ने |
  • रोजगार मुलक बर्षको रुपमा कार्यक्रमको व्यवस्था गर्ने योजनाहरु निर्माण गरिएको छ |
  • ६ वटा फुटबल खेलमैदान निर्माण (सबै वडामा )
  • १ घर १ धारा कार्यक्रम (३ बर्ष भित्र)  |
  • सबै सरकारी कार्यालय र सबै बिद्यालयहरुमा इन्टरनेटको व्यवस्था तथा ICT कक्षा संचालन गर्ने |
  • आपतकालीन कोष स्थापना गरी तत्काल उद्दार तथा सहयोग गर्ने |
  • सबै वडामा सार्बजनिक शौचालय निर्माण गर्ने |
  • बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्थानीय स्तरमै उदम विकास कार्यक्रमको व्यवस्था गरिएको छ |
  • बाल बिबाह न्यूनीकरणका लागि प्रचार प्रसार कार्यक्रम संचालन गर्ने |
  • नगर प्रहरी स्थापना |
, , , ,

गोकुलगंगा गाउँपालिका वडा नं. ३ रस्नालु स्थित दार्खा भीमसेनथानमा गोकुलगंगा गाउँपालिका र Choice Humanitarian Nepal (dOTERRA Healing Hands Foundation)को संयुक्त लगानीमा निर्माणाधीन पाँच सैयाको अस्पतालको निर्माण कार्य तिब्र रुपमा भईरहेको छ | यस गाउँपालिकाले उपचारका लागि राजधानी नै धाउनु पर्ने स्थितिको अन्त्य गर्दै अबको ६ महिना भित्र यस अस्पतालबाट सेवा प्रदान गर्ने लक्ष्य लिएको छ | जनताले सरल र सुलभ मूल्यमा गाउँमै उपचार गर्न पाउने सुबिधालाई ध्यानमा राख्दै यसको निर्माण कार्य तोकिएको समय भन्दा अगाडीनै सम्पन्न गरी सेवा प्रारम्भ गर्ने लक्ष्य लिएको छ |

, ,

गोकुलगंगा गाउँपालिकाको सबै वडा कार्यालयबाट माटो संकलन गरी गोकुलगंगा गाउँपालिकाको कार्यालयमा माटो परिक्षण प्राबिधिकको सहयोगमा कार्यक्रम सम्पन्न गरियो | कृषिलाई प्रमुख प्राथमिकतामा राख्दै यस गाउँपालिकाले माटोलाई स्वस्थ बनाउदै स्वस्थ बाली उत्पादन गर्दै कृषिमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत शिविरको आयोजना गरिएको यस कार्यक्रमले अम्लीय माटो भएको र यसलाई कृषि चुन लगाउदै स्वस्थ बाली उत्पादन गर्ने लक्ष्य लिएको छ |  

Pages

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921