FAQs Complain Problems

समाचार

Pages

सूचना तथा समाचार

, ,

यस गोकुलगंगा गाउँपालिका अन्तर्गत रहेका माध्यमिक बिद्यालयहरुबाट SEE २०७४ को नतिजामा उत्कृस्ट पाँच बिधार्थीहरुलाई छात्रवृत्ति स्वरूप रु १/१ लाख सहित प्रमाण पत्र वितरण तथा उत्कृस्ट तीन बिद्यालयहरुलाई प्रशंसा पत्र सहित रामेछाप प्रमुख जिल्ला अधिकारीको हातबाट सम्मान कार्यक्रम सम्पन्न |

,

रामेछापको गोकुलगंगा गाउँपालिकामा विपद् जोखिम व्यवस्थापनको कार्यलाई सुदृढ र व्यवस्थित गर्नको लागि आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना भएको छ । इस्लामिक रिलिफ जर्मनी र ईस्लामिक रिलिफ नेपालको सहयोगमा सामुदायिक विकास समाज द्धारा सञ्चालित समुदाय र विद्यालयमा आधारित विपद् उत्थानशिलता अभिवृद्धि परियोजनाको सहयोग तथा स्थानिय विपद् तथा जलवायू उत्थानशील समिति, गोकुलगंगाको नेतृत्वमा उक्त केन्द्र संचालनमा आएको हो । केन्द्रको उद्घाटन गर्दै गोकुलगंगा गा.पा.का अध्यक्ष खड्ग बहादुर सुनुवारले आपत्कालिन सेवा केन्द्र जिल्ला तहमा भएपनि स्थानीय तह (गाउँपालिका)मा भने हाल सम्म पनि नभएकाले गोकुलगंगा गाउँपालिका नै पहिलो भएको दावी गरे । उनले जनताको जिउँधनको सुरक्षा गर्न सिडिएसले महत्वपूर्ण सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै सेवा केन्द्रको दिगोपनाको लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोष समेत स्थापना गरिसकेकाले सेवा प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे ।
यसैगरी इस्लामिक रिलिफ नेपालका विपद् जोखिम न्यूनिकरण विज्ञ अमर राज  पगेनीले राष्ट्रियस्तरमा गृह मन्त्रालयमा र जिल्लास्तरमा ४२ वटा मध्ये रामेछापमा पनि केन्द्र रहेको जानकारी गराउँदै (गाउँपालिका स्तरमा भने गोकुलगंगा गाउँपालिका नै पहिलो भएकोमा बधाई व्यक्त गरे । उनका अनुसार सो केन्द्र अन्तर्गत गाउँपालिका तथा ६ ओटै वडामा खोज तथा उद्दार समग्रीको भण्डारण ।रहने छ भने गाउँपलिकाको वेभसाईटमा गोकुलगंगाको विपद्को ईतिहास, आकष्मिक तथा महत्वपूर्ण टेलिफोन नम्वर, खोज उद्दार÷प्राथमिक उपचार÷पुर्व चेतावनी प्रणालीमा तालिम प्राप्त व्यत्तिहरुको विवरण तथा विद्यालय, वडा र गाउँपालिकाको विपद् जोखिम व्यवस्थापन योजना समावेश गरिनेछ ।    उक्त समितिलाई परियोजनाका व्यवस्थापक विवेक भट्टराईले क्याराविना, चेस्टहार्नेस, फिगर अफ एट, स्टेचर, ह्याण्ड माइक, बुट, सेफ्टी हेल्मेट लागयतका खोज तथा उद्धारका सामाग्री हस्तान्तरण गर्नुभएको छ । अब गाउँपालिकामा विपद् पदा प्रभावितहरुले सेवा केन्द्र मार्फत खोज तथा उद्धार, प्राथमिक उपचार, पुर्व सूचना प्रणाली लागयतका सेवा प्राप्त गर्नेछन् ।
परियोजनाले उक्त सेवा प्रदान गर्न खोज तथा उद्धार, प्राथमिक उपचार, पुर्व सूचना प्रणाली गरी ३ वटा कार्यदल समेत निर्माण गरेको छ । उक्त कार्यदलमा ४७ जना खोज तथा उद्धार, प्राथमिक उपचार कार्यदलमा ४९ जना र पुर्व सचेतना २५ जना तालिम प्राप्त मानवीय श्रोत रहेको छ । सेवा केन्द्र स्थानीय विपद् तथा जलवायु उत्थानशिल समिति गोकुलगंगाको मातहतमा संचालन हुनेछ । समिले आपत्कालिन सेवा केन्द्रलाई थप व्यवस्थित गर्न आपत्कालिन कार्य संचालन कार्यविधिको ड्राफ्ट समेत बनिसकेको समितिले जनाएको छ ।

, , ,

रामेछापको गोकुलगंगा गाउँपालिकाले विश्व पशुपन्छी दिवसको अवसरमा ¥याली तथा पशु विमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा पशुपन्छी प्रतिको सत्व्यवहारः समृद्ध नेपालको आधार भन्ने मुल नाराको साथ गाउँकार्यपालिकाको कार्यालयबाट ¥याली निकाली रस्नालु बजार परिक्रमा गरेको थियो । ¥याली पश्चात भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले ६ वटै वडामा पशु पकेट क्षेत्र घोषणा गरिसकेको जानकारी दिनुभयो । उहाँले वडा नं. १ मा चौरी २ मा ट्राउड माछा, ३ मा वंगुर पालन ४ मा ट्राउड माछा र कुखुरा पालन ५ मा गाई फार्म विकास र ६ मा वाख्रा फर्म पकेट क्षेत्र रहेको जानकारी दिनुभयो । गाउँपालिका विस्तारै मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको पनि उहाँको भनाई छ । कार्यक्रममा प्रिमियर इन्सोरेन्स कम्पनीका भिुपेन्द्र पराजुलीको सहजिकरणमा पशुविमा सम्बन्धी छलफल समेत भएको थियो । अब पशुपन्छि विकास शाखाले किसानलाई आर्थिक नोक्सानबाट जोगाउन हरेक किसानको घरदैलोमा पशु विमा कार्यक्रम पुयाउने शाखा प्रमुख लोक प्रसाद फुयालले वताउनुभयो । यसैगरी सिद्धार्थ वैंकका प्रबन्धक प्रदिप कुमार कार्कीले असल पशु उद्यमीलाई सिफारिस गरे फर्म दर्ताको प्रमाणपत्र धितो राखी १० लाख सम्म ऋण प्रवाह गर्न सक्ने वताउनुभयो । यता सहकारीको तर्फबाट बोल्दै किस्मत वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर सुनुवारले पशु उद्यमीलाई सहज प्रकृयाबाट सस्तो व्याजदरमा ऋण प्रवाह गर्न सकिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँकार्यपालिका सदस्यहरु, वैंक तथा सहकारी संस्थका पदाधिकारी, पशु उद्यमी, ग्रामिण पशु स्वास्थ कार्यकर्ता, निजी क्षेत्रमा कार्यरत जे.टी.ए, पत्रकार लगायत ४५ जना सहभागीहरुको उपस्थिति रहेको थियो ।

, , ,

नतिजामुखी प्रशासन ः समृद्धि र शुसासन भन्ने मुल नाराको साथ मनाइएको दिवसमा कर्मचारीहरुले कार्यालय परिषर सरसफाई समेत गरेका छन् ।  निजामती कर्मचारी दिवसको अवसरमा गोकुलगंगा गाउँपालिकाकाका कर्मचारीले गाउँकार्यपालिकाको कार्यालय परिषर भित्र वृक्षारोपन गरी दिवस मनाएका छन् । कार्यक्रममा गाउँपालिकाको अध्यक्ष खड्ग बहादुर सुनुवारले गोकुलगंगा गाउँपालिका कृषि, पर्यटन, जडिबुटि लगायतका श्रोत साधान अधिक सम्भावना भएको पालिका भएकाले नजिता आउने गरी काम गर्न आग्रह गर्नुभयो । यसैगरी कर्मचारीहरुको तर्फबाट बोल्दै प्रमुख प्रशासकीय अधिकृत शिव कुमार राईले सुशासन र सदाचारः समृद्धिको आधार भएको भन्दै कर्मचारीहरु इमान्दार र जनमैत्री बन्न आग्रह गर्नुभयो । उहाँले चालु आ.व मा कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन हेरी नतिजामुखि काम गर्ने कर्मचारीलाई पुरस्किृत गर्ने समेत उद्घोष गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका कर्मचारी, जनप्रनिधि, पत्रकार, गाउँपालिका स्थित कार्यरत संघसंस्थाको प्रनिनिधि लगायतको उपस्थिति रहेको थियो । 

Pages

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921