FAQs Complain Problems

समाचार

Pages

सूचना तथा समाचार

लोक सेवा आयोगले सबै स्थानीय तहका विभिन्न सेवा समूहका अप्राबिधिक/प्राबिधिक तर्फका पदहरुको खुल्ला तथा समाबेशी प्रतियोगितात्मक लिखित परिक्षाको बिज्ञापन खुलाई सकेको हुँदा ईच्छुक सबैमा यो जानकारी गराइन्छ |

थप जानकारीका लागि 

http://gokulgangamun.gov.np/

http://www.psc.gov.np/

गाउँपालिका अध्यक्ष, , , , , , , , , , , , , ,

देश संघिय संरचनाको दांचामा गईसकेदेखि यस गोकुलगंगा गाउँपालिका कार्यालयको ३ नं. वडा स्थित रस्नालुको पात्लेबाट कामकाजहरु हुदै आएकोमा हाल आफ्नै नव निर्मित कार्यालय भवन वडा नं. ३ स्थित गोकुलगंगा गाउँपालिकाको भीमसेनस्थानबाट सम्पूर्ण कामकाजहरु सुरु भईसकेको जानकारी  सम्पूर्ण जनसमुदायमा गराउदछौ |

, , ,

गोकुलगंगा गाउँपालिका स्तरीय माध्यमिक बिद्यालय राष्ट्रपति कप खेलकुद प्रतियोगिता २०७५ सम्मपन्न भएको छ | सम्पूर्ण बिजेता खेलाडीहरुले गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवार, वडा नं. १ अध्यक्ष मणि कुमार लामा र वडा नं. ५ अध्यक्ष बलराम खड्काको हातबाट पुरुस्कार ग्रहण गर्दै ज्येष्ठ १४ देखि सुरु भएको खेलकुद प्रतियोगिता ४ दिनको दिन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ | गोकुलगंगा गाउँपालिका अन्तर्गत रहेका ७ वटा मा. बि. हरुको सहभागितामा सम्मपन्न यस प्रतियोगितामा जटटेशवरी मा. बि. चुचुरेले ७ स्वर्ण ५ रजत र ८ काश्य पदक जित्दै प्रथम राष्ट्रपति रनिंग शिल्ड जितेको छ | क्रमश : जनजागृत मा.बि. बेताली ले ७ स्वर्ण ३ रजत र २ काश्य पदक जित्दै दोश्रो र गोकुलगंगा मा.बि. रस्नालुले ६ स्वर्ण ९ रजत र ४ काश्य पदक जित्दै तेश्रो स्थान प्राप्त गरेको छ |

यस गोकुलगंगा गाउँपालिकाको सूचना तथा जानकारीहरु जनस्तरमा छिटो र छरितो ढंगले सम्प्रेषण गर्न, सेवा तथा सुबिधा सम्बन्धी जानकारी प्रदान गर्न साथै गुनासोहरु तथा समस्याहरुको उचित ब्यबस्थापन गर्न यो एप्स सूचना तथा सञ्चार प्रविधि मन्त्रालय,सूचना प्रविधि विभाग(DOIT) तथा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम(LGCDP)को सहकार्यमा संचालनमा ल्याईएको छ | तसर्थ सबै महानुभावहरुले गाउँपालिकाको जानकारी मोबाईलबाट सजिलै प्राप्त गर्न मोबाईलको Play Store मा गएर Gokulganga Rural Municipality खोजेर वा तलको लिङ्कमा गएर एप्स डाउनलोड गर्न सक्नुहुनेछ |
https://play.google.com/store/apps/details?id=infodev.doit_gokulganga
थप जानकारीको लागि सूचना प्रबिधि शाखा (गोकुलगंगा गाउँपालिका) ९८६३०२३०१८ मा सम्पर्क गर्न सक्नुहुने छ |

, , , , , ,

मजदुर दिवसको अवसरमा गोकुलगंगा गंगा गाउँपालिकाले नव निर्मित भवन उदघाटन कार्यक्रम सम्पन्न गरेको छ | नवनिर्मित कार्यालय भवनको तीन नम्बर प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले उदघाटन गरे ।

भवन उदघाटन कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ, लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दिपशिखा दाहाल, गाउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

भवन उदघाटन कार्यक्रमकै क्रममा भवन निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्ने जग्गा दाताहरुलाई तीन नम्बर प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले दोसल्ला उडाई सम्मान गर्नु भयो |

Pages

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921