FAQs Complain Problems

समाचार

Pages

सूचना तथा समाचार

, , , ,

विपद जाेखिम न्यूनीकरण तथा बन्दोबस्तीका सामानहरुको ब्यबस्थापन बिषयक अन्तरक्रिया तथा अवलोकन कार्यक्रम त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थल नजिक रहेको मानविय सहायता स्थल (Humanitarian Staging Area) मा सम्पन्न गरिएकाे छ । स्थानिय आपतकालिन कार्यसंचालन केन्द्रकाे स्थापना गरी कार्य संचालन समेत सुरुवात गरीसकेको परिप्रेक्षमा यस गाउँपालिकाले विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापनमा प्रबिधिको प्रयोग गर्दै तत्काल उद्दार तथा ब्यबस्थापनमा सहयोग पुग्ने लक्ष्यका साथ भ्रमणको दोश्रो दिन खाद्यान्न, लत्ता कपडा र बसोबासको ब्यबस्थापन बिषयमा मानविय सहायता स्थलका प्रमुख ज्यु संगको अन्तरक्रिया कार्यक्रम संम्पन्न भएको छ | भ्रमणकाे संयाेजन एवं व्यवस्थापन गर्नुहुने सामुदायिक विकास समाज मन्थलीका मिलन घिसीङ सर र सन्तोष मगर सर र इस्लामिक रिलिफ नेपालका प्रताप महर्जन सरलाई बिशेष धन्यबाद ब्यक्त गर्दछौ | त्यसैगरी विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन सम्बन्धि ऐन कानुन निर्माणमा बिगत केहिसमय देखि सहयोग गर्दै आउनुभएकोमा अमरदीप सुनुवार ज्यु प्रति गोकुलगंगा गाउँपालिका परिवारको तर्फबाट हार्दिक कृतज्ञता ब्यक्त गर्दैछौ |

, , , , ,

विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापनमा अग्रज चाँगुनारायण नगरपालिका खरिपाटी भक्तपुरको भ्रमण सम्पन्न गरिएकाे छ । नेपालमै स्थानिय आपतकालिन कार्यसंचालन केन्द्रकाे स्थापना एवं संचालन गर्ने स्थानीय तहमा सम्भबत पहिलो स्थानमा पर्दछ चाँगुनारायण नगरपालिका | विपद् जाेखिम न्यूनिकरण सम्बन्धी उल्लेखनिय मात्रामा ऐन, कानून, नियम, नियमावलीहरूकाे निर्माण, विपद व्यवस्थापन पाेर्टल एवं माेबाईल एप्लीकेशनकाे निर्माण तथा संचालन, ५०/५० प्रतिशत अनुदान कार्यक्रम जस्ता उदारणीय कार्यहरूले हामीलाई निकै उर्जाशिल बनाएकाे छ । नगरप्रमुख साेम प्रसाद मिश्र, नगर उपप्रमुख विना वास्ताेला एवं सूचना प्रविधि अधिकृत तथ DRR Focal Person सिद्वान्त न्याैपाने ज्यूहरूमा हामि सम्पूर्ण गोकुलगंगा बासिहरुको तर्फबाट हार्दिक कृतज्ञता ब्यक्त गर्दछौ । भ्रमणकाे संयाेजन एवं व्यवस्थापन गर्ने Islamic Relief काे प्रताप सर र CDS का मिलन घिसीङ सर र सन्तोष मगर सरहरु पनि धन्यबादकाे पात्र हुनुहुन्छ ।

भूकम्पका कारण असूरक्षित भएका गोकुलगंगा गाउँपालिकाका घरहरुको पुनर्निर्माण प्रगति विवरण यस लिंकमा गएर हेर्न सक्नुहुने छ |

http://202.51.74.207/recent-palika-document/21002/np/

http://202.51.74.207/recent-palika-document/21002/en/

 

, ,

प्रधानमन्त्रि रोजगार कार्यक्रम आ.व. ०७६/७६ अन्तर्गतको कार्यक्रममा गोकुलगंगा गाउँपालिकाले सबै वडाका मुख्य र सहायक सडकलाई प्रमुख  प्राथमिकता दिदै सडक मर्मत तथा स्तरउन्नति गर्दै सम्पन्न गरेको छ |

Pages

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921