FAQs Complain Problems

समाचार

Pages

सूचना तथा समाचार

, , , ,

आ.व. २०७६/७७ को लागि स्वीकृत विकासका योजनाहरुलाई प्रभावकारी र पारदर्शी ढंगमा संचालन गर्ने उदेश्यका सबै वडाका योजनाका उपभोक्ता समितिका अध्यक्ष, सचिब र कोषाध्यक्ष ज्युहरुको १ दिने अभिमुखीकरण कार्यक्रम/गोष्ठी सम्पन्न |

प्रदेश सरकार प्रदेश न.. ३ उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयको चालु आ.व. २०७६/०७७ को स्वीकृत वार्षिक कार्यक्रम र कार्यक्रम कार्यन्वयन कार्यविधि, २०७६ अनुसार यस सूचना बमोजिमको मापदण्ड भित्र रही तोकिएको ढाँचामा दर्खस्त दिनुहुन सम्बन्धीत सबैमा यो सूचना प्रकाशित गरिएको छ ।

यस गाउँपालिकाको आ.व. २०७६/०७७ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडा तहमा गठन भएका योजना उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष समेत संग १ दिने योजना सम्बन्धी अभिमुखीकरण गोष्ठि कार्यक्रमको आयोजना गरेको हुँदा वडा नं. ६, ५ र ४ को लागि मिति २०७६ कार्तिक २१ गते र वडा नं. १, २ र ३ को लागि २०७६ कार्तिक २२ गते विहान १० बजे गाउँपालिकाको सभाहलमा अनिवार्य उपस्थितीको लागि अनुरोध गरिन्छ ।

, , , ,

कक्षा १ देखि ५ कक्षा सम्मको स्थानीय पाठ्यक्रम विकास गर्ने उदेश्यका साथ गोकुलगंगा गाउँपालिकाको आयोजना तथा सामुदायिक विकास समाज/ समुदाय तथा बिद्यालयमा आधारित विपद, उत्थान्शीलता अभिबृदी परियोजनाको सहयोगमा २ दिने कार्यशाला  गोष्ठी पाठ्यक्रमका क्षेत्रहरुमा कार्यदल गठन गर्दै सम्पन्न भएको छ | कार्तिक १ र २ गते सम्म चलेको कार्यशालामा विभिन्न पाठ्यक्रमका क्षेत्रहरुमा छलफल गरि सबै क्षेत्रहरुको कार्यदल गठन गर्दै सम्पन्न गरिएको छ |पाठ्यक्रमका क्षेत्रहरु :स्थानीय तह तथा परिचय, कृषि, पशुपन्क्षि पालन, विपद तथा जलवायु परवर्तन, स्थानीय पर्यटकीय तथा धार्मिक स्थल, वन तथा वन्यजन्तु, स्थानीय उद्योग तथा ब्यबसाय, स्थानीय प्राकृतिक श्रोत, स्थानीय संस्कृति रहेका छन् |

Pages

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921