समाचार
पशु स्वास्थ शिविर
पशु स्वास्थ शिविर,ठोसे
गोकुलगंगा गाउँपालिका गाउँकार्यपालिकाको आ.व.२०७४÷०७५ को वार्षिक स्वीकृत पशुपन्छि विकास कार्यक्रम अन्तर्रगत २०७४ फाल्गुन २६ गतेका दिन पशुपन्छि विकास शाखले आयोजना गरेको श्री शारदा मा.वि. ठोसे को प्राङ्गणमा संन्चालित १ दिने पशु परजिवी नियन्त्रण तथा पशु स्वास्थ्य शिविर संन्चालन भएको थियो उक्त शिविर उद्घाटन वडा नं.२ अध्यक्ष श्री शेखरमान श्रेष्ठ ज्यू को अध्यक्षता तथा प्रमुख अतिथि पालिका प्रमुख श्री खड्ग बहादुर सुनुवार ज्यू ,विशेष अतिथि पालिका उप प्रमुख श्री राधिका श्रेष्ठ ज्यू,अतिथि पालिका सदस्यज्यूहरु, पालिका मातहतका शाखा प्रमुखहरु ,कृषि सुचना केन्द्र श्री सरोज फुयाँल लगाएतका कर्मचारी संघ संस्थाका प्रमुख एवं पदाधिकारी ठोसे,चुचुरे ,रस्नालु र छिमेकी जिल्ला जिरी न.पा. ३ पशुपन्छि पालन कृषकहरु उपस्थितिमा शिविर उद्घाडन भएको थियो ,कार्यक्रमको संचालन कृषि सुचना केन्द्र सरोज फुयाँले गर्नुभएको थियो , स्वागत मन्तव्य पशुपन्छि विकास शाखा प्रमुख एवं पालिका स्तरीय नेप्ला अध्यक्ष श्री लोक प्रसाद फुयाँल ले गर्नुभएको थियो उक्त कार्यक्रमको उद्घाटन पालिका प्रमुख बाट राष्ट्रिय जनावर गाई लाई औषधी खुवाएर उद्घाटन शुरु भएको थियो उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख ले यस गोकुलगंगा लाई कृषि लाई आधुनिकीकरण गर्न सबै लाग्नुपर्ने बताउदै सक्षम सभ्य समृद्धि सहितको समतामुल पालिका बनाउन चुचुरे जडीबुटी पकेट ठोसे आलु पर्केट रस्नालु चिया तथा किवी पकेट बेताली माछा कुखुरा तरकारी र अलैची पकेट नामाडी गाई पालन र फर्पु बाख्रा तथा कफी खेती पकेट निमार्ण गर्ने यस पालिका लाई ५ वर्ष भित्र आत्मानिर्भर बनाई पर्यटन विकास गर्ने , उद्योग खानीहरु खोल्ने , गुणस्तरीय शिक्षा ,स्वास्थयमा सबैका लागि पहुत पु¥याउने रोजगारीको सृजना गर्ने बैदेशिक रोजगारीमा जाने लाई न्युन बनाउने सुसान मैत्री पालिका बनाउने विषयमा भन्नुहुदै यस कार्यक्रम उद्घाटन सत्र समापन भएको थियो । उक्त शिविर कार्यक्रममा पशुपन्छि पालक ठोसे,चुचुरे,रस्नालु र जिरी न.पा.३ का कृषकहरुले विरामी पशुपन्छि तथा पशुपन्छिको समस्याका गोबर जाँत ,पशु भाले बन्धाकरण ,जाँत ,परामर्श बारेमा शिविरमा आई उपचार तथा औषधी लगेका थिए उक्त कार्यक्रममा सहजिकरण तथा प्राविधिक सहयोग उमाकुण्ड गा.पा. पशुपन्छि विकास शाखा प्रमुख र लिखु गा.पा. पशुपन्छि विकास शाखा प्रमुख र गोकुलगंगा गा.पा. पशुपन्छि विकास शाखा मातहतका प्राविधिकहरुले सहयोग गर्नुभएको थियो ।