FAQs Complain Problems

मानविय सहायता स्थल (Humanitarian Staging Area)को अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न |

विपद जाेखिम न्यूनीकरण तथा बन्दोबस्तीका सामानहरुको ब्यबस्थापन बिषयक अन्तरक्रिया तथा अवलोकन कार्यक्रम त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थल नजिक रहेको मानविय सहायता स्थल (Humanitarian Staging Area) मा सम्पन्न गरिएकाे छ । स्थानिय आपतकालिन कार्यसंचालन केन्द्रकाे स्थापना गरी कार्य संचालन समेत सुरुवात गरीसकेको परिप्रेक्षमा यस गाउँपालिकाले विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापनमा प्रबिधिको प्रयोग गर्दै तत्काल उद्दार तथा ब्यबस्थापनमा सहयोग पुग्ने लक्ष्यका साथ भ्रमणको दोश्रो दिन खाद्यान्न, लत्ता कपडा र बसोबासको ब्यबस्थापन बिषयमा मानविय सहायता स्थलका प्रमुख ज्यु संगको अन्तरक्रिया कार्यक्रम संम्पन्न भएको छ | भ्रमणकाे संयाेजन एवं व्यवस्थापन गर्नुहुने सामुदायिक विकास समाज मन्थलीका मिलन घिसीङ सर र सन्तोष मगर सर र इस्लामिक रिलिफ नेपालका प्रताप महर्जन सरलाई बिशेष धन्यबाद ब्यक्त गर्दछौ | त्यसैगरी विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन सम्बन्धि ऐन कानुन निर्माणमा बिगत केहिसमय देखि सहयोग गर्दै आउनुभएकोमा अमरदीप सुनुवार ज्यु प्रति गोकुलगंगा गाउँपालिका परिवारको तर्फबाट हार्दिक कृतज्ञता ब्यक्त गर्दैछौ |

आर्थिक वर्ष:

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921