FAQs Complain Problems

अन्तरक्रिया कार्यक्रम सम्पन्न |

पर्यटन बर्ष २०२० लाई सफलता पुर्बक सम्पन्न गर्नको साथै दिगो विकासको लागि गोकुलगंगा १ शिवालय र गर्जाङका पर्यटन व्यवसायीहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ | पर्यटन बर्ष २०२० लाई मध्येनजर गर्दै आन्तरिक र बाहय पर्यटक गोकुलगंगा गाउँपालिका भित्राउने उदेश्यका साथ आयोजित अन्तरक्रिया कार्यक्रमको क्रममा शिवालय बजारलाई पर्यटकीय ट्रान्जिट पोइन्ट घोषणा गर्दै श्री उमेश गुभाजुको संयोजकत्वमा ११ सदस्य शिवालय टोल पर्यटन विकास समिति गठन गरिएको छ | उक्त कार्यक्रमको क्रममा पर्यटन व्यवसायीहरुको सुझाब समेट्दै पर्यटकलाई लक्षित गर्ने क्रममा निम्नानुसारको निर्णय समेत गरिएको छ |
1. पर्यटन बर्ष २०२० सफल पार्नको लागि गोकुलगंगा १ को शिवालय बजार तथा कोश्यंग खर्क क्षेत्रलाई केन्द्रगरि बजेट ५१ लाख ५० हजार विनियोजन गरिएको छ जस अन्तर्गत होम स्टे संचालन, दस्बिन वितरण, गमला फुल ब्यबस्थापन, घर सरसफाई, पर्यटकलाई चिनो वितरण, पर्यटकीय गन्तब्यको जानकारी दिने ब्रोसर छपाई, शिवालय बजार र कोश्यंग खर्क सम्मको बाटो स्तरउन्नोती तथा कार्यक्रम आयोजना गर्ने |
2. वडा नं. १ देखि ६ सम्मको मुख्य बजारमा दस्बिन ब्यबस्थापन |
3. ढाका टोपी तथा नेपाली ढाकाको खादामा गाउँपालिकाको नाम उल्लेख गरि पर्यटकलाई स्वागत गर्ने
4. तांमे मन्दिर निर्माणका लागि थप २० लाख, नयाँ बर्ष २०७७ बैशाख १ गते वडा नं. ३ स्थित तांमे डाँडामा पर्यटन वर्ष भब्यरुपमा मनाउने |
5. वडा नं. १ स्थित विभिन्न पर्यटकीय स्थानमा सौचालय निर्माण, बाटो निर्माण तथा सुधार
6. शिवालय क्याम्प साइडमा किचेन निर्माण
7. ज्येस्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिको लागि स्वास्थ्य शिबिर संचालन गर्ने |
8. गौरीशंकर संरक्षण क्षेत्र शिवालय चेक पोस्टले पर्यटकहरुलाई लिदै आएको शुल्कमा समेत छुट गर्ने निर्णय समेत गरेको छ |

आर्थिक वर्ष:

Elected Official

Elected Official 

जन प्रतिनिधि

अध्यक्ष
9851074870
उपाध्यक्ष
9841136921